१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

३१ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएकाे बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधव कुमार नेपाल , विष्णु पौडेल, राम बहादुर थापा र नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् ।

प्रधानमन्त्री अस्वस्थ भएपछि विहीबारका लागि बोलाइएको बैठक शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको हो । शुक्रबार ३ बजेका लागि बोलाईएको बैठक बिहान ११ बजेका लागि सारिएको हो ।

बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने तथा स्कूल विभागको जिम्मेवारी तोक्ने विगयमा छलफल हुने बताइएको छ । स्कूल विभागको जिम्मेवारी लिनका लागि रक्षा मन्त्री ईश्वर पोख्रेल, नारायणकाजी र घनश्याम भुसालले दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : 12:53