पोल गाड्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु, १ जना घाइते
३१ साउन, पर्वत । पर्वतको महाशिला गाउँपालिका–४ पाखापानीमा करेन्ट लागेर १ जनाको ज्यान गएको छ । विद्युतकाे पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा शुक्रबार बिहान १० बजे २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको हो । करेन्ट लागेर स्थानीय भरत क्षेत्री घाइते भएका छन् ।
महाशिला गाउँपालिका–४ पाखापानीमा फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेन्ट लागेको हो । पाखापानी सामुदायिक विद्युत उपभोक्ता समितिमार्फत युवाहरु पोल गाड्ने काममा सक्रिय भएका थिए । महाशिला गाउँपालिकाले पछिल्लो समयमा गाउँपालिकाका सवै काठका पोलहरु हटाएर फलामे पोल गाड्ने अभियान सञ्चालन गरेको थियो ।
प्रकाशित मिति : August 16, 2019 at 11:58 am









