१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

नेकपा प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट

३१ साउन, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ स्थित ढकालको निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो ।

ढकाल सुत्ने कोठा, ढकालका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर बम बिस्फाेट  गराइएको प्रहरीले जनाएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

प्रदेश ५ का नेकपाका प्रमुख सचेतक ढकाल भने काठमाडाैँकाे मेडिसिटी अस्पतालमा ४ दिनदेखि उपचार गराइरहेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ । बम विस्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : 07:58