१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त

३० साउन, काठमाडौँ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैंकिङ कसुरमा पक्राउ पूर्जी जारी भएका मन्त्री खत्रीलाई बर्खास्त गरेका हुन् ।

उच्च अदालत पाटनले कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई मंगलबार ३ दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो । उनिविरूद्ध पक्राउ पूर्जी जारी भएपछि राजीनामा दिन भनेपनि राजीनामा दिन नमानेपछि पार्टीसँग छलफल गरी बिहीबार राति खत्रीलाई बर्खास्त गरिएकाे हाे ।

मुद्दामा प्रतिवादी बनाइएका देवलाल शाही, छविलाल ढकाल र रणधीर तुम्बा पक्राउ परिसकेका छन् भने राजुप्रसाद श्रेष्ठ फरार रहेका छन् ।उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि जुन १०, २०१६ मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरे बैंकलाई हानी नोक्शानी पुर्‍याएको कृषि विकास बैंकले दाबी गरेकाे छ ।

प्रकाशित मिति : 00:34