प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित
३० साउन, काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण बिहीवार अपराह्न ४ बजे बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयकाे बैठक भोलि (शुक्रवार) दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ । केन्द्रीय विभागको नेतृत्व टुंगो लगाउन बसेको सचिवालय बैठक औपचारिकतामा प्रवेश नै नगरी स्थगित भएको हाे ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सामान्य छलफल र सरसल्लाह गरेकाे तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको स्वास्थ्यमा थोरै प्रतिकूलता भएका कारणले औपचारिक बैठक बस्न उपयुक्त नलागेपछि आराम गर्न सुझाव दिएकाे बताए । प्रधानमन्त्रीकाे अवस्था त्यति जटिल नभएपनि आराम गर्नु उपयुक्त हुने देखेर भोलिसम्मका लागि बैठक स्थगित गरिएको उनको भनाइ छ ।
प्रधानमन्त्रीओली स्वास्थ्योपचार गरेर तीनदिन पहिले मात्र स्वदेश फर्किएका थिए ।
प्रकाशित मिति : 18:33









