१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

कार्यालयमा काम गरिरहेका वडाध्यक्षमाथि कालोमोसो र चप्पलको माला

३० साउन, म्याग्दी । कार्यालयमा काम गरिरहेका १ वडाअध्यक्षलाई अज्ञात समुहले मोसो दलेर चप्पलको माला लगाइदिएको छ । म्याग्दीकाे बेनी नगरपालिका -२ का वडाध्यक्ष हिराबहादुर थापालाई अज्ञात समुहले कालोमोसो दलेको हो ।


कार्यालयमा काम गरिरहेका थापालाई एक्कासी एउटा समुहभित्र पसेको थियो । त्यही समुहले वडाध्यक्षलाई कालाेमोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । कालो मोसो दलेर जुत्ताको माला लगाउने समुहको पहिचान हुन नसकेकाे प्रहरीले जनाएकाे हाे ।

प्रकाशित मिति : 16:04