यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भयाेः मुख्यमन्त्री पोखरेल
२७ साउन, पाल्पा । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लास्थित नेता तथा कार्यकर्ताका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले यातायातको क्षेत्रमा ठूलो आर्थिक चलखेलसँगै सिन्डिकेटको अन्त्य भएको बताउनुभयो । एउटा बस समितिमा दर्ता गर्दा रु १५ लाखदेखि रु २० लाखसम्म तिनुपर्ने बाध्यता हटेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

उहाँले नेता तथा कार्यकतालाई सङ्घीयता र सरकार विरोधी हमलाको सामना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । “जनताको साथ चाहिने भएकाले पछाडि हटेर पनि सरकारले काम गर्नुपर्ने हुन्छ । सरकार लक्ष्यबाट भने पछि हटेको छैन”, उहाँले भन्नुभयो । जनतामा देखिएको भ्रम चिरफार गरी विरोधीको विरोधको सामाना गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रकाशित मिति : 19:28









