नुवाकोट कांग्रेसको अर्को रमिता, श्रमदानको नाममा फोटो खिचाउन हिलोमा छिरे नेता (फोटोफिचर)
२५ साउन, काठमाडौँ । देशव्यापी गाउँजागरण अभियान चलाएर पनि कार्यकर्ता जगाउन नसकेको कांग्रेसले अनेक उपाय अवलम्बन गरिरहेको छ । यहीक्रममा नुवाकोट कांग्रेसले सात दिनको बीचमा साडक नाटकको शैलीमा दुइवटा रमिता प्रस्तुत गरेको छ । एक साताअघि साउन १८ गते जिल्ला सभापति जगदिश्वरनरसिंह केसीको नेतृत्वमा टोखा_छहरे सडक मर्मतको माग गर्दै एक घण्टा चक्काजाम गरेको कांग्रेसले शनिबार झनै गजबको रमिता प्रस्तुत गरेको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताले श्रमदानको नाम दिए पनि वास्तविकतामा हिलोमा फोटो खिचाउने काम गरेका हुन । यसँगै नेपाली कांग्रेसको गुटबन्दी सडकको हिलोमा समेत देखिएको छ । पार्टीको संस्थापन समूहमा क्रियाशिल सहमहामन्त्री डा प्रकाशरण महतले हिलोमा फोटो खिचाउने रमिताको उद्घाटन गरे । त्यसलगत्तै सांसद समेत रहेका निर्माण व्यवसायी बाहादुरसिंह लामाले सावेल बोकेर सडकको हिलोमा प्रवेश गरी फोटो खिचाए । व्यानर बोकेर सामूहिक फोटो समेत खिचेका छन कांग्रेस नेताहरूले ।
योससँगै नेपाली कांग्रेसको दुबैगुट एकै पटक सडकमा देखिने अवस्था अाएको छ । अघिल्लो पटक केसी समूहले सडक चक्काजाम गर्दा बिरोध गर्ने भाइ महत समूहले अाज श्रमदानको नाममा सडकको हिलोमा बसेर फोटो खिचाएको हो । सरकारमा हुँदा विकासको काममा सिन्को पनि नभाच्ने र कार्यकर्ता जति सबैलाइ ठेकेदार बनाउने नेपाली कांग्रेस यतिखेर छहरे-टोखा सडकको टोखा नगरपालिकाको वडा नम्बर १ झोरमाहांकालको जगात बसपार्कमा रमिता प्रस्तुत गरिरहेको छ ।
विश्वकै उत्कृष्ट अर्थमन्त्रीको प्रायोजित उपाधि पाएका नेपाली कांग्रेसका नेता डा रामशरण महतको गृह जिल्ला नुवाकोट जाने छहरे-टोखा सडकको दुर्गती नयाँ होइन । किनकी उनी आफैँ अर्थमन्त्री हुँदा पनि त्यो बाटोका लागि कहिल्यै सुधारका काम गरेनन् । आज उनै महतका सहोदार भाइ समेत रहेका कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा कार्यकर्ताहरू सरकारले समयमै सडक स्तरोन्तीको काम नगरेको भन्दै सडकमा श्रमदानको रमिता प्रस्तुत गरेका हुन ।

यो पनि पढ्नुहोस
-डा रामशरण महतको घर जाने बाटो मर्मतको माग गर्दै नुवाकोट कांग्रेसको चक्काजाम (फोटोफिचर)
-कांग्रेस नेता डा रामशरण महतको गाउँ जाने बाटो ‘जहाँ गाडीलाई भैँसीलाई झैँ डोर्याउनुपर्छ’

प्रकाशित मिति : 13:15









