१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

बढी शुल्क लिने निजी विद्यालयमाथि कारबाही सुरूः प्रवक्ता अर्याल

५ बैशाख, काठमाडौँ । शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले बढी शुल्क लिएर कानूनको अटेर गर्ने विद्यालयहरुलाई कारबाही गर्ने बताएका छन । बुधबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा प्रवक्ता अर्यालले कानूनभन्दा माथि कोही पनि नभएको स्पष्ट पारे ।

उनले भने, ‘सबै निजी विद्यालय गलत छैनन, जसले चर्को शुल्क लिएका छन्, तिनीहरुमाथि अनुगमन हुनुपर्छ ।’ त्यस्तै उनले सरकारले प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्ति जसले पाउनुपर्ने हो उसले नपाएकोमा गुनासो पोखे । उनले थपे,‘छात्रवृत्तिलाई नियमित गर्नुुपर्छ।’

प्रकाशित मिति : April 18, 2018 at 6:51 pm