काँग्रेस नेता सिंहको स्वास्थ्यमा सुधार
२३ साउन, काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ । सुगर र पिसाबको समस्या देखिएपछि सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएको उहाँका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिनुभयो । सिंहलाई डा मिमी गिरीको टोलीले उपचार गरिरहेको छ । डा गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ ।

प्रकाशित मिति : 17:18









