७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

घुससहित रंगेहात पक्राउ परेका वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति ४८ लाख धरौटीमा रिहा

२० साउन, काठमाडौँ । घुससहित रंगेहात पक्राउ परेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ र बाबुराम रेग्मीको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । विशेष अदालतले रामहरि रौनियारलाई ४८ लाख र राजकुमार रौनियारलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे । उनीहरुले धरौटी वापतको रकम अदालतमा बुझाइसकेका छन् ।

असारमा २६ मा ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवास धरानबाट उनिहरू पक्राउ परेका थिए । उपकुलपति रौनियारविरुद्ध ९ साउनमा आयोगले १ करोड २८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार कसूरमा मुद्दा दायर गरेको थियो भने उनका भतिज रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ।

उनिहरूले श्याम सुन्दर निर्माण सेवा प्रा.लि.का सब कन्ट्याक्टर गिना एवं गिना कन्स्ट्क्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग घुस लिएका थिए ।

प्रकाशित मिति : August 6, 2019 at 8:39 pm