दाेस्राे विवाह गरेका बाबुसँग छाेराले अंश माग्दा ज्युँदै जलाउने काेशिशपछि छुरा प्रहार गरे
२१ साउन, नुवाकाेट । दाेस्राे विवाह गरेका बाबुले छाेराले अंश माग्दा ज्युँदै जलाउने काेसिश असफल भएपछि छाेरालाइ छुरा प्रहार गरेर घाइते बनाएका छन् । नुवाकोटकाे विदुर नगरपालिका-२ वट्टारबजारका इद्रिश मियाले आफ्नै कान्छो छोरा समीर खानमाथि छुरा प्रहार गरेका हुन् । घरायसी विवादमा छुरा प्रहार हुँदा छुट्याउन जाने अन्य दुईजना पनि घाइते भएकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

५० वर्षीय इद्रिशलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए । घरमा बुवासँग अंश चाहियो भन्दै छाेराले विवाद गरेपछि ३२ वर्षीय छोरा समीरमाथि जिउँदै आगो लगाउने उद्देश्यले इद्रिशले पेट्रोल छर्किए पश्चात पेटमा छुरा हानेर गम्भीर घाइते बनाएको स्थानीयले बताए।
गत वर्ष इद्रिशकी पत्नीको मृत्यु भएपछि उनले केही साताअघि मात्र दोस्रो विवाह गरेका थिए। विवाहका कारण उनका छोरा सफी र सन्नी बुवा इद्रिशसँग असन्तुष्ट थिए। आफ्नै छोरामाथि छुरा प्रहार गर्ने इद्रिश लामो समय मानव अपहरण मुद्धामा नुवाकोट जिल्ला कारागारमा जेल सजाय भुक्तान गरेका थिए।
प्रकाशित मिति : August 6, 2019 at 3:53 pm









