७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

लायन्स क्लव ईन्टरनेशनल ३२५ बि १ काे पहिलाे क्याविनेट बैठक अगष्ट १७ मा हुने

२१ साउन, काठमाडाैँ । लायन्स क्लव ईन्टरनेशनल ३२५ बि १ काे पहिलाे क्याविनेट बैठक तथा डिस्ट्रिक्ट ईन्सटलेशन मिति २०१९ अगष्ट १७ अर्थात २०७६ श्रावण ३२ गते शनिवार ग्रिनल्याण्ड ब्याङ्क्वेट, थानकोट, काठमाडौँमा हुने भएको छ। एक पटक ८४ वटा क्लब खाेलेर संसारकै नम्बर १ हुन सफल डिस्ट्रिक्टकाे पहिलाे क्याविनेट बैठकलाई बिशेष महत्वका साथ हेरिएकाे छ। सामाजिक सेवामा अब्वल मानिने लायन्स क्लवका सदस्यहरुमा यस मिटिङले छुट्टै उत्साह ल्याउने बिश्वास गरिएको छ।

उक्त बैठकमा सहभागी हुन देश भरिबाट दुई हजार भन्दा धेरै लायन्स सदस्यहरु काठमाडौँ आउँदैछन्। बैठकमा सहभागी हुन प्रि रजिष्ट्रेशन कार्य शुरु भै सकेकाे र अन्य व्यवस्थापकिय कार्यहरु समेत अन्तिम चरणमा पुगेकाे जानकारी जाेन चियर पर्सन तथा लायन्स क्लब अफ काठमाडौँ ग्लोबल टाउनका पूर्व अध्यक्ष अनुज कुमार श्रेष्ठले दिनुभयाे।

प्रकाशित मिति : August 6, 2019 at 12:36 pm