नुवाकोटको बट्टारमा बाबुले छोराको छातीमा छुरी रोपे, हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइदै
२१ साउन, काठमाडाैँ । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ३ बट्टारमा एक बाबुले छोराको छातीमा छुरी रोपेका छन । लामो समयदेखि बट्टारामा बस्दै आएका उनीहरूको बाबुछोराको बीचमा बिगतमा त्यस्तो दुष्मनी केही नभए पनि मंगलबार बिहान एक्कासी त्यस्तो घटना घटेको स्थानीयले बताएका छन ।

बट्टारका इद्रिस खानले आफ्नै छोरा समिर खानलाई घरायासी बिबादका कारणले शरिरमा पेट्रोल छर्कि पेटमा चक्कुले प्रहार गरी घाईते बनाएका थिए । उनलाई उपचारको लागि स्थानिय सापकोटा मेडिकल हलमा लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौ ग्राण्डिमा पठाईएको प्रहरीले जनाएकाे छ । छुरी प्रहार गर्नुको कारण खोजी भैरहेको र छुरीबाट घाइते भएका खानको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीले इद्रिसलाइ नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । घाइते खानलाइ हेलिकप्टर मार्फत ग्राण्डी अस्पताल ल्याइदै छ । घाइते खानले बट्टारकै एक नेपाल थरकी युवतीसँग बिबाह गरेका थिए ।
प्रकाशित मिति : August 6, 2019 at 12:33 pm









