सरकारको राम्रो कामको समर्थन गर्छाैँः सभापति देउवा
२० साउन, स्याङजा । नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका राम्रा कामको समर्थन गर्ने बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकारले गर्ने राम्रो कामको काङ्ग्रेसले समर्थन गर्छ तर मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न सकिदैन, यो प्रतिपक्षको धर्म नै हो ।

नेपाली काङ्ग्रेस जिल्ला सभापति स्व कमलप्रसाद पङ्गेनीको प्रथम स्मृति सभामा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले सरकारका कतिपय गतिविधि संविधान विपरीत भइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मुलुक र जनताको हित विपरीत सरकारका कतिपय गतिविधि देखिएका छन् । जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरीत भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको छ ।”
फरक प्रसङ्गमा सभापति देउवाले काङ्गे्रस एकढिक्का हुनुको विकल्प नभएको बताउँदै आगामी दिनमा काङ्ग्रेस एकभएर भएर अगाडि बढ्नेछ भन्नुभयो । स्व पङ्गेनी एक कर्मठ नेता भएको र उहाँलाई गुमाउनु पर्दा पार्टीलाई धेरै ठूलो क्षति भएको सभापति देउवाले बताउनुभयो ।
सो अवसरमा काङ्गे्रस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र गगन थापाले सरकार जनताको दुई तिहाइ मतको अवमूल्यन गरेको, जनतालाई राहत पुग्ने काम गर्न नसकेको आरोप लगाउनुभयो ।
प्रकाशित मिति : 21:44







