श्रीमान वैदेशिक रोजगारीमा, श्रीमती अर्कै युवकसँग सँगै मर्ने बाचा पुरा गर्दै
२० साउन, काठमाडौं । काठमाडौंको कपनमा एउटै रुखमा पासो लागेर युवायुवतीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोलुखुम्बु सोताङ-४, नाम्लुङका २१ वर्षीय अमिर/चन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङ छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नरेन्द्र चन्दले उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको बताए ।
झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं’, चन्दले भने, ‘घटनास्थल वरपर सुसाइड नोट वा अन्य केही कुरा भेटिएका छैनन् । प्रहरी दुवैको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ ।
अनुसन्धान अधिकृतहरुका अनुसार खालिङ विवाहित हुन् । उनको एक छोरीसमेत छिन् । छोरी पढाउन भन्दै उनी काठमाडौं आएकी थिइन् । नाछिरिङ भने अविवाहित हुन् । निर्मलाको विवाहेत्तर सम्बन्धको पोल खुलेपछि दुवै जनाले आत्महत्याको बाटो रोजेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बिष्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : August 5, 2019 at 7:22 pm







