१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

९ कात्तिक, इलाम । इलामको देउमाई नगरपालिका–१ चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा देउमाई नगरपालिका–१ चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : October 26, 2026 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/