७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

विपत्तिमा परेकाहरुलाई सहयोग गर्न उद्धार कोष स्थापना गर्ने हिमानी शाहकाे घोषणा

१९ साउन, काठमाडौं । हिमानी ट्रष्टकी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छिन् । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको जनाएकी छिन् ।

उनले पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको  स्पष्ट पारिन् । हिमानी ट्रष्टले सामाजिक सेवा अन्तरगत भूकम्प पीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : August 4, 2019 at 3:52 pm