२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

पुरी चन्द्रलाई खुकुरी प्रहार गरी घरबाट ९ लाख ४८ हजार रुपैयाँ लुटपाट

१९ साउन, जुम्ला ।  पातारासी गाउँपालिका-१ स्यालागढी गाउँ बस्ने ६९ वर्षीय पुरी चन्द्र ऐरीको घरबाट नगद ९ लाख ४८ हजार रुपैयाँ लुटपाट भएको छ । ऐरीको घरमा शनिबार राति आएका अपरिचित ३ जनाले मुलढोका फोडेर उनलाई खुकुरी प्रहार गरी उक्त नगद लिई फरार भएको बताइएको छ ।

 

 

सोही ठाउँस्थित वाखे तिर्थस्थल जाने वाटो निर्माणको लागि उक्त नगद घरमा राखिएको भन्ने बुझिएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 4, 2019 at 3:22 pm