बेवारिसे अवस्थामा भेटिएकाे यार्सागुम्बा बरामद
१९ साउन, बर्दिया । बाँसगढी नगरपालिका-५ हाउपुर चोकस्थित पूर्वपश्चिम राजमार्गबाट करिब ३ केजी यार्सागुम्बा आइतबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा झोलामा राखेको उक्त यार्सागुम्बा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 4, 2019 at 3:12 pm









