२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

ठगी मुद्दाका फरार सुनिल श्रेष्ठ पक्राउ

१९ साउन, काठमाडौं । ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार ३ सय ८७ रूपैयाँ ४० पैसा जरिवाना तोकिई फरार रहेका भक्तपुर मध्यपुर ठिमि नगरपालिका(१ बस्ने ४८ वर्षीय सुनिल श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमि नगरपालिका(१ बोडेबाट श्रेष्ठलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 4, 2019 at 3:00 pm