१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

रक्षामन्त्री इश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार

१८ साउन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी छिन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेकाले उनको अनुपस्थितिमा दैनिक प्रशासन सञ्चालनका लागि उपप्रधानमन्त्री पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिले उपप्रम पोखरेललाई सो जिम्मेवारी तोकेकी हुन । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि राति पानै १० बजे सिंगापुर प्रस्थान गरेका छन । प्रधानमन्त्रीसँग पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत सहभागी रहेका छन । प्रधानमन्त्री ओलीसँगै निजी चिकित्सक डाक्टर दिव्यासिंह शाह पनि सिंगापुर गएकी छिन ।

प्रकाशित मिति : 23:25