प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान, निजी चिकित्सक र प्रमुख सल्लाहकार पनिसँगै उडे
१८ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज सिंगापुर प्रस्थान गरेका छन । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि राति पानै १० बजे सिंगापुर प्रस्थान गरेका हुन । प्रधानमन्त्रीसँग पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत सहभागी रहेका छन । प्रधानमन्त्री ओलीसँगै निजी चिकित्सक डाक्टर दिव्यासिंह शाह पनि सिंगापुर गएकी छिन ।

प्रधानमन्त्रीका सल्लाहकार डा कुन्दन अर्यालका अनुसार अोलीको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण सकेर आउँदो शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री उपचारका लागि सिंगापुर प्रस्थान गरेपछि दैनिक प्रशासनको काम सम्हाल्नेगरी उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाइ प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेगरी तोकेकी छिन ।

प्रकाशित मिति : 23:13









