ड्राइभर परिर्वतन गरेर मात्रै गन्तव्यमा पुग्न सकिदैनः अध्यक्ष थापा
१८ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा परिवर्तनको खाँचो औँल्याएका छन । उनले देशमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभइ व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताए । उनले प्रमुख दलहरुले मुलुकलाई १३ वर्षदेखि गलत बाटोमा हिडाइँरहेको भन्दै उनले ‘बाटो नै गलत भएकाले ड्राइभर परिर्वतन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने बताए ।

शनिबार पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताए । थापाले विदेशीको पैसाले चुनाव लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपूर्वक काम गर्न नसकेको आरोप लगाए । उनले अहिले केपी ओलीलाई हटाएर प्रचण्ड वा शेरबहादुर ल्याएर यो देशको समस्याको समाधान नुहने जिकीर गरे ।
प्रकाशित मिति : 22:24









