७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

जुवाडे पति जसले पत्नीलाई जुवाको दाउमा लगाए र हारेपछि सामूहिक बलात्कारकाे शिकार बनाए

१८ साउन, एजेन्सी । एक जना जुवाडे पतिले आफ्नै पत्नीलाई जुवाकाे दाउमा लगाएर हारेपछि सामुहिक बलात्कारकाे शिकार बनाएकाे खुलासा भएकाे छ । भारतको उत्तर प्रदेशका ती व्यक्तीले जुवामा हारेपछि पत्नीलाई २ पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको छ ।

जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि पत्नीलाई दाउमा लगाएका थिए । हारेपछि उनका साथीले पत्नीसँग सामूहिक बलात्कार गरे । त्यसपछि उनकी पत्नीले प्रहरीमा उजुरी गरिन् तर प्रहरीले उजुरी दर्ता गर्न नमानेकाे पीडितले बताइन् । त्यसपछि पत्नी अपमानित भएर माइती गएकी थिइन् ।

त्यसपछि पति पनि ससुराली गए र अबदेखि यस्तो नगर्ने शर्तमा पत्नीलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका पतिले साथीहरु अरुण र अनिललाई पनि त्यही गाडीमा चढाए । फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण पत्नीको बलात्कार गरे ।

प्रकाशित मिति : August 3, 2019 at 4:28 pm