७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

दोलखामा खोलामा बस फसेपछि उद्धारका लागि गएका २ जना बेपत्ता, १७ जनाकाे सकुसल उद्धार

१८ साउन, दोलखा,  । दोलखामा अबिरल बर्षासँगै आएको बाढी र पहिरोमा परेर २ जना बेपत्ता भएका छन भने ३० भन्दा बढी घरमा क्षति पुर्याएको छ । पहिरोले दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा ब्यापक क्षति पुर्याएको छ । पहिरोका कारण गौरीशंकर गाउँपालिकाको झगरे, राजपु, बाजुमु र यार्सामा गरी ३० घर भन्दा बढीमा क्षति पुगेको छ भने २ जना वेत्तपा रहेका छन ।

बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर २ का ५५ वषीया जगतबहादुर खत्री र सोही वडाका १८ बर्षीय निशान खड्का पनि बेपत्ता रहेका छन् । काठमाडौंबाट जुँगु आउदै गरेको यात्रुवाहक बस  जुँग खोलामा फसेपछि उद्धारका लागि आएका खड्का उद्धारकै क्रममा पहिरोमा परेर बेपत्ता भएका हुन ।

प्रहरी र स्थानीयको सक्रियतामा बसकामा रहेका १७ जना यात्रुहरुको भने सकुसल उद्धार गरिएको छ । सोही बसमा रहेका आफ्ना अभिभावक लिन आएका खड्का भने बेपत्ता भएका हुन् । बेपत्ताहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 3, 2019 at 1:38 pm