१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

डा रामशरण महतको घर जाने बाटो मर्मतको माग गर्दै नुवाकोट कांग्रेसको चक्काजाम (फोटोफिचर)

१८ साउन, काठमाडौँ । सरकारमा हुँदा विकासको काममा सिन्को पनि नभाच्ने र कार्यकर्ता जति सबैलाइ ठेकेदार बनाउने नेपाली कांग्रेस यतिखेर सरकारविरूद्ध आन्दोलन गर्ने बाहाना खोजीरहेको छ । सरकारको विरोधका निम्ति त्यतिधेरै विषय नपाएको कांग्रेस बिग्रिएको बाटोमा लामो समय लागेर सास्ती व्यहोर्ने यात्रु र चालकलाइ उल्टै सास्ती दिँदै चक्काजाम गर्न अग्रसर भएको छ ।

विश्वकै उत्कृष्ट अर्थमन्त्रीको प्रायोजित उपाधि पाएका नेपाली कांग्रेसका नेता डा रामशरण महतको गृह जिल्ला नुवाकोट जाने छहरे-टोखा सडकको दुर्गती नयाँ होइन । किनकी उनी आफैँ अर्थमन्त्री हुँदा पनि त्यो बाटोका लागि कहिल्यै सुधारका काम गरेनन् । आज उनै महतका कार्यकर्ताहरू सरकारले समयमै सडक स्तरोन्तीको काम नगरेको भन्दै जनतालाइ सडकमा हिड्न रोकेर बाहादुरी प्रस्तुत गरिरहेका छन ।

शनिबार नेपाली कांग्रेस नुवाकोटले पार्टीको विधान विपरित गठन भएका गाउस्तरीय सम्पर्क समितिको आयोजनामा एक घण्टा सवारी रोकेर बिरोध गरेको छ । जनदबाबको नाममा जनतालाइ नै सकडमा हिड्न रोक्ने कांग्रेसको यो कस्तो लोकतान्त्रिक चरित्र हो ? बाटो अबरोध गर्ने कार्यक्रममा नुवाकोट कांग्रेसका सभापति एवं संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसी, भूकम्प पीडितको नामको जस्ता बेचेको आरोप लागेका नुवाकोटको क्षेत्र नम्बर १ को प्रदेश क मा सांसदमा पराजित रमेश महत लगायत अन्य नेता कार्यकर्ता सहभागी भएका थिए ।

यो पनि पढ्नुहोस

-कांग्रेस नेता डा रामशरण महतको गाउँ जाने बाटो ‘जहाँ गाडीलाई भैँसीलाई झैँ डोर्याउनुपर्छ’

प्रकाशित मिति : 11:59