७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नुवाकोटको ककनी गाउँपालिकामा भएको बम बिस्फोटको क्षतिको सांसद मैनालीद्धारा निरीक्षण

१७ साउन, नुवाकाेट । नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले साउन १४ गते राति गराएको बम विस्फोटपछि भएको क्षतिको अवस्थाको सोही क्षेत्रका प्रदेश सांसद बद्री मैनालीले शुक्रबार निरीक्षण गरेका छन । शुक्रबार निरीक्षणका लागि पुगेका सांसद मैनालीलाइ वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी) घटनाको बारेमा सांसद मैनालीलाइ जानकारी गराएका थिए ।

सांसद मैनालीले वडा कार्यालयको निरीक्षण गर्दै जोकसैले पनि सार्वजनिक सम्पतिमाथि क्षति पुराएर कडा भन्दा कडा कानुनी कारबाही गर्नुपर्ने बताए । देश पुरै परिवर्तनको बाटोमा अघि बढीरहेको अवस्थामा यस्ता अपराधिक र हिंसात्मक गतिबिधि हुनु दुःखद रहेको बताए । उनले वार्ता र छलफलका माध्यमबाट सबैको जयज मागहरू पूरा हुने भन्दै हिंसात्मक गतिबिधि नगर्न अनुरोध गरे । सांसद मैनालीले स्थानीयलाइ यस्ताखालका हिंसात्मक गतिबिधि न्यूनिकरणमा सरकारले विशेष ध्यान दिएको भन्दै अमनचयनका साथ बस्न अनुरोध गरे ।

बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले बताएका छन ।  साउन १४ गते रातको ११ः४५ बजेको समयमा आएका पाँच/छ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचरलगायतका सामग्री एकै स्थानमा राखेर आगजनीसहित बम विष्फोट गराएको अध्यक्ष श्रेष्ठको भनाइ छ । तस्बीरहरूः दीपक खनाल

प्रकाशित मिति : August 2, 2019 at 8:53 pm