७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नख्खु कारागारमा कैदीहरूबीच झगडा हुँदा एकको मृत्यु

१७ साउन, काठमाडौं । ललितपुरकाे नख्खु कारागारमा कैदीहरू बित झगडा हुँदा एककाे मृत्यु भएकाे छ ।  झडपमा नख्खु कारगारमा बलात्कार मुद्दामा दाेषी र जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो ।  राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेकाे प्रहरीले बताएकाे छ ।  आक्रमणकारीको नाम पवन रहेको बताइएकाे छ ।

फाइल फाेटाे

यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : August 2, 2019 at 2:19 pm