सिंगापुरबाट फर्केलगत्तै राहतसहित प्रधानमन्त्रीले बाढी पीडितलाई भेट्ने
१७ साउन, काठमाडौं । स्वास्थ्य परीक्षणका लागि शनिवार सिंगापुर जान लागेका ओली त्यहाँबाट फर्केलगत्तै बाढीपीडित क्षेत्रका जनतालाई राहतसहित जनतालाई भेट्न जाने भएका छन् । प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत तथा रोजगारीको प्याकेज लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं मधेस जाने प्रधानमन्त्री निवास बालुवाटारमा सांसदहरुको टोलीसँग बताएका छन् ।

प्रधानमन्त्रीले बाढीले पूरै घर बस्न नहुने गरी क्षति पुगेका जनतालाई सरकारले नै घर बनाइदिने र खेतीबाली नष्ट भएका पीडित परिवारका कम्तिमा एकजनालाई रोजगारीसमेत दिइने बताएका छन् ।
प्रकाशित मिति : 12:21









