७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कपिलवस्तुमा गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार

१६ साउन, बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका नेता रामनयन यादवमाथि गोली प्रहार भएको छ ।शुद्धोधन गाउँपालिका अध्यक्ष यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको र उनीहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गोली लागेर सामान्य घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : August 1, 2019 at 4:02 pm