७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

रसुवा कांग्रेसका नेता पेम्बा ढुण्डुप तामाङ एक किलो सुनसहित थानकोटबाट पक्राउ

१५ साउन, काठमाडाैँ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई आज साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ”, उहाँले भन्नुभयो । सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनी रसुवा कांग्रेसका स्थानीय नेता पनि हुन ।

प्रकाशित मिति : July 31, 2019 at 10:46 pm