७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

घुस्याहा इन्जिनियर मोहनबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

१५ साउन, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवविरुद्ध आज विशेष अदालतमा अरोपपत्र दायर गरेको छ ।

निज सिडिइ यादवले भोजपुरको षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख ८० हजार घुस लिएको आयोगले जनाएको छ । आयोगले सोही रकम बराबरको बिगो माग दाबी गर्दै आरोपत्र दायर गरेको हो ।

प्रकाशित मिति : July 31, 2019 at 8:18 pm