टुकोनले राष्ट्रिय श्रमिक सम्मेलन गर्ने
१५ साउन, काठमाडाैँ । काठमाडौं । ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आगामी साउन ३२ र भदौ १ गते राष्ट्रिय श्रमिक प्रशिक्षण भेला गर्ने निर्णय गरेको छ । सो दुई दिने राष्ट्रिय भेलामा श्रमिकहरुका विविध समस्या, श्रमिकका सेवा÷सुविधा तथा हकहित, श्रमिकहरुको व्यक्तित्व र नेतृत्व विकास तथा महासंघको भावि कार्यक्रमका बारेमा वृहद छलफल हुने ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले जनाएको छ ।

महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो । भेलामा देशभरीबाट करिब तीन सय अगुवा श्रमिकहरुको सहभागिता रहने बताइएको छ । राप्रपाका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यमा सञ्चालन हुने सो सम्मेलनमा पार्टीका पदाधिकारीहरु तथा केन्द्रीय नेताहरुबाट प्रशिक्षण दिइने ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले जनाएको छ ।
प्रकाशित मिति : July 31, 2019 at 4:06 pm









