७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

साइप्रस पठाउँछु भन्दै ठगी गर्ने काठमाडौं नागार्जुनकी पुनम पक्राउ

१५ साउन, काठमाडाैँ । साइप्रस पठाउछु भन्दै ठगी गर्ने काठमाडाैँ नागार्जुनकी पुनम नेपाली  पक्राउ परेकी छिन् । नागार्जुन नगरपालिका–३ सितापाइलाकी ४३ वर्षीया नेपालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार सितापाइलाबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगारमा मानिस पठाउने इजाजतपत्रबिना नै नेपालीले आकर्षक वैदेशिक रोजगारको लागि साइप्रस पठाउने भन्दै एक व्यक्तिबाट  १० लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। पछि साइप्रस नपठाएपछि पीडितले वैदेशिक रोजगार कसुरमा मुद्दा हालेका थिए।

वैदेशिक रोजगार न्यायधीकरणको २०६९ असार ३१ को फैसला अनुसार नेपालीलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना र पीडितलाई हर्जना वापत १५ लाख ७५ हजार रुपैयाँ दिनुपर्ने फैसला सुनाएकोमा फरार रहेकी थिइन्। पक्राउ परेकी नेपालीलाई फैसला कार्यान्वनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले जनाएको छ।

प्रकाशित मिति : July 31, 2019 at 3:17 pm