७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

बिहे गर्न नमान्दा  प्रेमिकाकाे काेठैमा गएर हत्या गरी फरार भएका लामा १२ वर्षपछि पक्राउ

१२ साउन, काठमाडौं । प्रेमिकाको हत्या गरी फरार भएकासानु र राजु उपनामले चिनिने राजेश लामालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जले १२ वर्षपछि पक्राउ गरेको छ । राजेशले विवाह गर्ने कुरा गर्दा प्रेमीका सम्पर्रकमा नअाएपछि प्रमिकाकै काेठामा गएर हत्या गरेका थिए । काभ्रेको रोशी गाउँपालिका-३ घर भई ललितपुर-२ बस्ने लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

 मंसिरमा बिहे गर्ने सल्लाह भएको तर सुनिता सम्पर्कमा नआएपछि भएको बिवादमा लामाले मकवानपुर फापरबारी घर भइ ललितपुरको इमाडोल बस्ने तारा भनिने सुनिता लामाको हत्या गरेका  थिए । पक्राउ परेका लामालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी ज्यान सम्बन्धी मुद्दामा महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : July 28, 2019 at 4:01 pm