७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

मनि ट्रान्सफरबाट ३ लाख ३९ हजार चोरी गर्ने दुई जना पक्राउ

१२ साउन, धनुषा । मनि ट्रान्सफरबाट ३ लाख ३९ हजार चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनषा शहीदनगर नगरपालिका–३ गोठकुवा बस्ने १९ वर्षका गोविन्द यादव र २८ वर्षका रामु यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाएर रकम चोरी गरेका उनीहरुलाई शुक्रबार राति १ बजेको समयमा प्रहरीले नगद ३ लाख ३९ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : July 28, 2019 at 8:11 am