७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सेल्फी खिच्ने क्रममा तामाकोसीमा खसेर १९ बर्षिया सर्मिला कर्माचार्यकाे मृत्यु

११ साउन, रामेछाप । सेल्फी खिच्ने क्रममा तामाकोसीमा खसेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको महालक्ष्मी नगरपालिका-६ की १९ बर्षिया सर्मिला कर्माचार्य रहेको प्रहरीले जनाएको छ ।

घुम्न गएकी सर्मिला कठजोर खोला नजिकैबाट सेल्फी खिच्ने क्रममा तामाकाेसी नदिमा खसेकी थिइन् । उनलाइ कठजोर खोलाछेउबाट बाढिले बगाएर मन्थली एयरपोट सम्म ल्याएपछि उद्धार गरिएको थियो । तत्काल तामाकोसी अस्पताल लगिएपनि अस्पतालले उनलाइ मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : July 27, 2019 at 10:39 am