७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सलाम छ रगत दिएर सुत्केरीकाे ज्यान बचाउने सुरक्षाकर्मीलाई

१० साउन, बाजुरा । बाजुरामा एक सुत्केरीलाई रगत दिएर सुरक्षाकर्मीले ज्यान जानबाट जाेगाएका छन् ।  बडिमालिका नगरपालिका ८ बस्ने ३० बर्षकि पारु रावलकाे गर्भपतन पछि अत्याधिक रक्तस्राब भएकाे थियाे ।  रगतका लागि प्रहरी कार्यलयमा खबर गर्दा डिएसपि उद्धब भाटले रगत दिएको जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राईले बताए । खबर आएपछि रगत समुह  मिल्ने भएकाले रगत दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धब सिंह भाटले बताए।

बाजुरा जिल्लामा नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरीले सुत्केरी र बिरामीलाई रगत दिएर ज्यान बचाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । बुढिन्नदा नगरपालिका ८ पाण्डुसैनकि ४२ बर्षिय थुमरा कठायतलाई पनि दुई साता पहिला सुरक्षाकर्मीले रगत दिएर ज्यान बचाएका थिए। उनलाई शसस्त्र प्रहरी आश्रित गुल्म बाजुरामा कार्यरत साहयक हवल्दार चैन नाथ योगीले रगत दिएका थिए।

प्रकाशित मिति : July 26, 2019 at 4:35 pm