नवलपरासीमा अज्ञात समूहले अदालतको गाडी जलायाे
१० साउन, नवलपरासी । पूर्वीनवलपरासीको कावासोतीमा अज्ञात समूहले नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीजलाएकाे छ । जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु ले प्रयोग गरेको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताएका छन् ।

आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको रानाभाटले जनाएका छन् । बडु कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : July 26, 2019 at 11:40 am









