७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त पक्राउ

१० साउन, चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा विसं २०७१ वैशाख २१ गते नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला सुनाएकामा पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र नुनीय महतोलाई प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरेको हो ।

लुकीछिपी बसेको सूचनाको आधारमा उनलाई प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका–९ काँडाघारीबाट पक्राउ गरेकोे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

महतोले भारत बिहार मजफपुर जिल्ला मुसहरि सर्लाही गाउँ बस्ने २३ वर्षीय सञ्जयकुमार राय यादवलाई नेपालमा राम्रो जागिर लगाइदिन्छु भनी प्रलोभनमा अपहरण गरी नेपालको पर्सा जिल्ला जिराभवानी गाउँपालिका–१ महादेवपट्टिस्थित जिराभवानी मन्दिरमा राखेर रु १० लाख फिरौती माग गरेको भन्दै उनीविरुद्ध विसं २०६७ फागुन २४ गते सो मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति : July 26, 2019 at 11:03 am