अविरल वर्षासँगै आएको बाढीले राैतहटका सयौँ घर डुुबानमा
९ साउन, रौतहट । अविरल बर्षासँगै रौतहटको लालबकैया नदीमा आएको बाढीले सयौं घर डुुबानमा परेको छ । मंगलबादेखि परेकाे अविरल बर्षासँगै लालबकैया नदीमा आएको बाढीले भारतीय सिमानागँग जोडिएका ईशनाथ नगरपालिका १ बनजरहा टोल र गौर नगरपालिका महादेवपटीका सयौँ घर डुुबानमा परेका हुन्।

बागमती, बकैया लगायतका नदीहरुमा आएको बाढीले जिल्लास्थित हजारौं घर प्रभावित भएको छ । बर्षा र बाढीको पानीले जिल्लाको ८० प्रतिशत भुुभाग डुुबानमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
प्रकाशित मिति : July 26, 2019 at 7:21 am









