७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

भारतीय प्रधानमन्त्री मोदी भदौमा नेपाल आउने, नेपाल आएर फर्कियो कमान्डो टोली

१० साउन, काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् ।

 

उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएको बताइएको छ ।

उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चिताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एक चरण नेपाली अधिकारीसँग भेट गरेका छन् । यो समाचार नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

प्रकाशित मिति : July 26, 2019 at 7:02 am