७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

तनहुँका हीराबहादुर सेतीनदीले बगाएर बेपत्ता

९ साउन, तनहुँ । सेतीनदीले बगाउँदा तनहुँमा आज एक व्यक्ति बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी ६३ वर्षीय हीराबहादुर आलेले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । माछा मार्ने क्रममा आलेलाई नदीले बगाएपछि स्थानीय र प्रहरी टोलीद्वारा खोजीकार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

फाइल फाेटाे

घटनाको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिए पनि अहिलेसम्म फेला पर्न सकिएको छैन । उहाँले भन्नुभयो, “वर्षायाम भएकाले नदीको बहाव पनि उत्तिकै बढेकाले खोजतलासको लागि कठिनाइ भएको छ ।”

प्रकाशित मिति : July 25, 2019 at 7:45 pm