२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

चाैधरी ग्रुपका सिनियर जीएम अञ्जनीकुमारकाे निधन, बिनोद चौधरीले लेखे भाबुक स्टाटस

९ साउन, काठमाडाैँ । चाैधरी ग्रुपका सिनियर जीएम अञ्जनीकुमारकाे निधन भएपछि स्तब्ध बनेका बिनोद चौधरीले सामाजिक संजालमा  भाबुक स्टाटस लेखेर श्रद्दाञ्जली दिएका छन् । सीजी फुड्सका सिनियर जीएम अञ्जनीकुमार (ए.के.) द्विवेदीको भारत इन्दौरमा उपचारकै क्रममा निधन भएको हो I उनी ५४ बर्षका थिए I भारतबाट पार्थिव शरिर ल्याएपछि काठमाडौंमा द्विवेदीको अन्तिम संस्कार हुने पारिवारिक श्रोतले जनाएको छ।


सीजी ग्रुपका प्रमुख तथा सांसद बिनोद चौधरीले सहकर्मी द्विवेदीको निधनको खबरले स्तब्ध भएको जनाएका छन्। चौधरीले सामाजिक सञ्जालमा शोक प्रकट गर्दै भनेका छ्न्, ‘वाइवाइको सफलतामा द्विवेदीले पुऱ्याएको योगदान कहिल्यै बिर्सिनेछैन । दिवंगत आत्माको चीरशान्ति एवं वैकुण्ठबासको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रकाशित मिति : July 25, 2019 at 4:10 pm