७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

मोटरसाइकल चिप्लिएर एकको मृत्यु

९ साउन, पाल्पा । पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्ँिटदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खानीबाट श्रीडाँडा घरतर्फ जाने क्रममा लु४५प ७८१२ नंको मोटरसाइकल अनियन्त्रित भई कच्ची मोटरबाटोबाट चिप्लिएर करिब २० मिटर तल खसेर घाइते दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 25, 2019 at 3:34 pm