गाउँपालिकाद्वारा बाढीपीडितलाई ५१ हजार राहत प्रदान
९ साउन, माेरङ । मोरङको लोहन्द्रा खोलाको बाढीले बगाएर बेपत्ता भएका स्थानीय सोमा सोरेनको परिवारलाई आज कटहरी गाउँपालिकाले राहतस्वरुप रु ५१ हजार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्ली सोरेनलाई घरमा पुगी सो रकम प्रदान गर्नुभयो ।

यसैगरी वडा नं ४ का अध्यक्ष मन्टु शेखले मृतकका परिवारलाई आफ्नो एक महिनाको तलब तथा थप पाँच हजार नगद दिने घोषणा गर्नुभयो । पीडित परिवारलाई केही राहत पुगोस् भनेर रकम सहयोग गरेको उहाँले बताउनुभयो । लोहन्द्रा खोलाको बाढीले गत असार २८ गते सोमा सोरेन बगाएर बेपत्ता भएका थिए । उनी अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : July 25, 2019 at 3:28 pm









