७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

हराएकाे २१ दिनपछि ८ वर्षीया बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा भेटियाे

९ साउन, बैतडी । हराएककाे २१ दिनपछि बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा भेटिएकाे छ । बैतडीकाे दोगडाकेदार गाँउपालिका –२, ढिकगाड घर भै हाल दशरथचन्द नगरपालिका वडा नम्बर–४, बमरोडामा बुवासँगै बस्दै आइरहेकी ८ वर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

गएको असार १८ गतेदेखि बेपत्ता भएकी सार्कीको शव उनी पढ्ने ईश्वर आधारभूत विद्यालय छेउको खाल्डोमा गाडेको अवस्थामा बुधबार भेटिएको हाे । गोठाला गएका स्थानीय महिलाले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव सडेको अवस्थामा भेटिएका अनुसन्धानमा कठिनाइ भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 25, 2019 at 1:57 pm