दोर्दीमा बगेर मृत्यु भएका ४ मध्ये २ काे सनाखत, ७ जना अझै भेटिएनन्
९ साउन, काठमाडाैँ । लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाएका ११ जना कामदार मध्ये ४ जनाकाे शव भेटिएकामा २ जनाकाे सनाखत भएकाे छ भने ७ जना अझै भेटिएका छैनन् । बुधबार दिउँसो खोलामा आएको बाढीले दोर्दी ए जलविद्युत आयोजनाकाे कामदार बगाएकाे लमजुङका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् । सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको उनले बताए ।

प्रकाशित मिति : July 25, 2019 at 1:16 pm









