ओडारमा भेटियाे १६ किलो सुन
९ साउन, गाेरखा । गाेरखामा ओडारमा प्रहरीले १६ किलो सुन भेटाएकाे छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : July 25, 2019 at 12:39 pm









